जुवा खेल्ने ७ जना पक्राउ

पोखरा । पोखरामा जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन् । पोखरा १५ सिताराम हाउजिङ बस्ने लालप्रसाद गुरुङको डेराबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा स्याङ्जा पुतलीबजारका लालप्रसाद गुरुङ, विकास गुरुङ, मनोज गुरुङ, आँधिखोलाका सुशील रानाभाट र कल्याण पौडेल, वालिङका अर्का मनोज गुरुङ तथा तनहुँ शुक्लागण्डकीका प्रकाश गुरुङ छन् ।

उनीहरुको साथबाट ८४ हजार ५ सय २५ रुपैयाँ बरामद भएको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *