राजश्रीको गीत ‘लखर लखर’ सार्वजनिक

काठमाडौँ । डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर रहेको गीतका शब्द राजीव थापा (राजश्री) ले लेखेका हुन् । पुस्तक प्रसादको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

देव धिमालको कोरियोग्राफी तथा निर्देशन रहेको भिडिओ राजश्री इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

भिडिओमा विजय राज भुर्तेल रन्जिता विश्वकर्मा लगायतले अभिनय गरेका छन् । रमाइलो गीत ‘लखर लखर’ ले दर्शकको मन जित्नेमा लेखक थापा विश्वस्त छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *