नेशनल लाइफको ‘नेशनल अवार्ड कार्यक्रम’ सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि। ले इटहरी स्थित होटल सोल्टी वेस्टेण्डमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मान गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेको सो समारोहमा सहभागी अभिकर्ताहरूलाई बजार विभाग प्रमुख विवेक शर्माले व्यावसायिक अभिकर्ता उत्पादन गर्न कम्पनीले ल्याउने यस प्रकारको योजनाहरू प्रभावकारी हुने बताए ।

समारोहमा नेशनल अवार्ड विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्त्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभरबाट नेशनल रत्नमा उत्साहजनक रूपमा अभिकर्ताहरू छनौट हुन सफल भएको बताए ।

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार कोशी र मधेश प्रदेशका अभिकर्ताहरूबाट सम्मान कार्यक्रम सुरु गरिएको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरूलाई पनि छिट्टै नै सम्मान गरिने ब्यहोरा जानकारी गराए ।

कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृत सहित केन्द्रीय कार्यालयका प्रबन्धक विवेक शर्मा, सहायक प्रबन्धक सुष्मिता शर्मा, कोशी प्रदेश प्रमुख नरेन्द्र कुमार बाच्छाना राई लगायत विभिन्न शाखा कार्यालयहरूबाट शाखा प्रमुखहरूको समेत सहभागिता रहेको थियो ।

सम्मानित बिजनेश लिडरहरूले प्रमुख कार्यकारी अधिकृतज्यूबाट आफ्नै क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *