इजरायल जानेको परीक्षा भदौ अन्तिम साता

काठमाडौं । इजरायलमा वैदेशिक रोजगारीका लागि जाने कामदारका लागि लिखित परिक्षा आउदो भदौ २८ गते हुने भएको छ ।

इजरायलका लागि आवेदनमा दरखास्तवालाहरुको प्रक्रिया पूरा भएको परीक्षा भदौ २८ गते दिउँसो १ बजे काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुने भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार कामदार लैजाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म दरखास्त आह्वान गरेको थियो । जसमा १० हजार आवेदन परेको छ ।

इजरायलको रोजगारी पनि सरकारी तवरबाट नै कोटा निर्धारण गरिएर इजरायली भाषा हिब्रोको परिक्षा लिएर मात्र इजरायलले कामदार लिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *