खुले गोकर्णेश्वरका विद्यालय

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा विद्यालयहरु खुल्‍ने भएका छन् । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि खुल्‍ने भएका हुन् ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक एवं भौतिक दूरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरुलाई पालना गरी पूर्ण सतर्कता र सजगकताको अबलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै मिति २०७८/0५/१५ गतेदेखि सबै विद्यालय सञ्‍चालन गर्ने निर्णय भएकाले सोही अनुसार विद्यालय सञ्‍चालन गर्ने गराउने उपयुक्त वातावरण मिलाउन हुन अनुरोध छ ।’

विद्यालय स्वयमले स्वास्थ्य तथा सुरक्षाको वातावरण र विश्वसनीय वातावरण अनिवार्य रुपमा तय गर्न समेत नगरपालिकाले आग्रह गरेको छ । सोअनुरूप वातावरण नभएको पाएमा कारबाही गर्ने चेतावनी पनि नगरपालिकाले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *