खनाललाई स्वागत गर्दै नेपालले भने- ‘एमाले दक्षिणपन्थी भासमा भासियो’

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पूर्वदल एमाले दक्षिणपन्थी भासमा भासिएको बताएका छन् । सोमबार (आज) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई स्वागत गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘एमाले दक्षिणपन्थी भासमा चुर्लुम्मै भासियो,’ अध्यक्ष नेपालले भने, ‘यसपछि नयाँ बाटो हिँड्न बाध्य भयौँ ।’

यस्तै अध्यक्ष नेपालले नेता खनालको स्वास्थ्य लाभको कामना गरे । गत जेठ २ गते भारतको दिल्लीस्थित एपोलो अस्पताल पुगेका नेता खनालले त्यहाँ मिर्गौला प्रत्यारोपण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *