रियलमीको दुई नयाँ स्मार्टफोन ‘सी–२०’ र ‘सी–२१’ नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा दुई नयाँ माेडलका रियलमी सी–२० र सी–२१ सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार आइतबारदेखि नै दराज अनलाइनबाट यी दुवै स्मार्टफोनहरुको प्रि–बुकिङ गर्न सकिन्छ । उक्त फोन बजारमा भने सेप्टेम्बर १ देखि नेपालभरी उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार ३२ जीबी मेमोरी र २ जीबी र्याम भएको रियलमी सी–२० को मूल्य नेपालमा १२ हजार आठ सय ४९ रुपैयाँ र ६४ जीबी मेमोरी र ४ जीबी र्याम भएको रियलमी सी–२१ को मूल्य १६ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

रियलमी सी–२० र सी–२१ मा ६.५ इन्चको डिस्प्ले, सुपर पावर सेभिङ मोड भएको पाँच हजार मेगाहर्ज ब्याट्री, जिओमेट्रिक आर्ट डिजाइन, मिडियाटेक हेलियो जी–३५ प्रोसेसरका साथै दुई सय ५६ जीबीसम्म बढाउन मिल्ने माइक्रोएसडी छ ।

यसैगरी कम्पनीले रियलमी सी–११ को मूल्यमा कटौती गरी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सी–११ अब ११ हजार नौ सय ९९ रुपैयाँमा नेपालमा पाउन सकिन्छ ।

यस्तै कम्पनीले रियलमी ८ को नयाँ भेरियन्ट पनि नेपालमा सार्वजनिक गरेको छ । १२८ जीबी मेमोरी र ६ जीबी र्याम भएको यो स्मार्टफोन मात्र २७ हजार एक सय ९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *