सोमबार पनि पानी पर्ने‚ मंगलबारबाट मौसम सफा

काठमाडौँ । गत बिहीबारदेखिको लगातार वर्षाका कारण देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले बाढी, पहिरो प्रकोप पनि बढ्दै गएको छ ।

भोलि (सोमबार) पनि देशभर भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार अहिले न्यूनचापीय रेखा ठ्याक्कै नेपालमाथि परेकाले पानी परिरहेको र त्यो रेखा केही तल सरेपछि मौसम सफा हुने सम्भावना छ ।

‘मंगलबारबाट केही सुधार आउने अनुमान गर्न सकिन्छ । तर सोमबार भने देशैभरि पानी पर्नेछ ।’

कर्णाली प्रदेशमा झन् धेरै वर्षा हुने सम्भावना रहेको भन्दै शतर्क रहन पनि मौसमविद् मानन्धरले आग्रह गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *