ओली भन्छन्- पहेँलिएर एकदुई पात खस्दैमा रुखलाई फरक पर्दैन (भिडिओसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई ‘रुखको पहेँलिएको पात’ को संज्ञा दिएका छन् । पहेँलिएर एकदुई पात खस्दैमा रुखलाई केही फरक नपर्ने ओलीले बताएका छन् । ‘एकदुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन, शनिबार (आज) यूथफोर्सले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘रुखमा नयाँ नयाँ पालुवा पलाइहाल्छन् । नयाँ नयाँ हाँगा हाल्दै जान्छन् ।’

ओलीले नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिनँ भन्ने निष्कर्षमा पुगेको टिप्पणीसमेत गरे ।

यस्तै ओलीले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको दाबी गर्दै आउँदो चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताए । भने— ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *