चाया-पोतो समस्या र उपचार

चाया-पोतोका औषधी जथाभाबी प्रयोग नगरौँ : डा. सञ्जुबाबु श्रेष्ठ, छाला रोग विशेषज्ञ

काठमाडौँ । स्वास्थ्यका धेरै समस्यामध्ये छालासँग सम्बन्धी धेरै समस्या छन् । तीमध्येको एक हो- चाया-पोतो । उपचार गराउँदा निको नहुँदा यसले खर्च बढ्ने र मानसिक तनाव पनि हुने गरेको यो समस्याबाट पीडितहरु बताउँछन् । तर चिकित्सकहरु भने सही उपचारको साटो अप्रमाणित र अवैज्ञानिक विधी अपनाउनाले यस्ता समस्या झनै बढ्ने भएकाले सजग हुनुपर्ने सल्लाह दिन्छन् । हालसम्म चाया निर्मूल नै पार्ने उपाय नभएपनि चाया कमर नियन्त्रण गर्न सकिने डाक्टर सन्जुबाबु श्रेष्ठ बताउँछन् । उनीसँग मकालुखबरकर्मी समीक्षा गाहाले गरेको कुराकानी :-

अनुहारमा चाया-पोतो के कारणले गर्दा आउँछ ?
घामको पराबैजनिक किरणले गर्दा पनि चाया पोतो आउँछ । लामो समयसम्म मोबाइल, ल्यापटप, टिभी हेर्नाले त्यहाँबाट निस्कने प्रकाशले पनि अनुहारमा चाया आउँछ । सानै उमेर, वयस्क उमेरमा पनि चाया चाहिँ ‘हर्मोनल चेन्जेज’हरुका कारण आउने गर्दछ । यस्तै विशेषज्ञको सल्लाह विनै विभिन्न खालका विज्ञापन र सुझावहरुका आधारमा थरिथरिका सौन्दर्य प्रसाधनका सामान र केमिकल प्रयोग गर्नाले पनि उमेरै नपुगी चाया आउने समस्या हुन्छ । कहिले काहीँ थाइराइडको समस्या भएकाहरुलाई पनि यो समस्या हुन सक्छ । विभिन्न किसिमका औषधी सेवन गरिरहेका मानिसलाई यस्तो हुन सक्छ । विशेषगरी परिवार नियोजनका औषधीहरु खाएकाहरुलाई बढी यो समस्या देखिने हुन्छ भने मानसिक तनाव बढी लिने मानिसलाई पनि चाया पोतो बढ्छ । गर्भ अवस्थामा पनि चाया पोतो आउँछ । तोरीको तेल, अमलाको तेल अनि कपालमा कलर गर्नाले पनि चाया पोतो बढिरहेको हुन्छ ।

ग्यास्ट्रिकका कारण पनि चाया पोतो आउँछ त ?
ग्यास्ट्रिकले नै चाया पोतो आउने होइन । तर मानिसलाई ग्यास्ट्रिक किन हुन्छ त । यो कुरालाई ध्यान दिन पर्‍याे । मानसिक तनाव भइसकेपछि तनाव भइरहेको हुनसक्छ । औषधीको साइडइफेक्टले गर्दा भएको पनि हुनसक्छ । र ग्यास्ट्रिकको समस्या भएकाहरुलाई चाया बढ्न सक्ने सम्भावना त हो तर, यो नै चाया पोतो आउने प्रमुख कारण भने होइन ।

चाया पोतो आइसकेपछि के खाने के नखाने ? यसले केही प्रभाव पार्छ कि पार्दैन ?
चाया पोतोको समस्यामा केही खानेकुराबारे ध्यान दिन जरुरी हुन्छ । चाया पोतो बढी सकेपछि केही कुराहरु खानै हुँदैन । जस्तो– परिवार नियोजनका चक्की, हर्माेनका औषधी, कुनै औषधीले गर्दा चाया पोतो बढेको हुन्छ, त्यसमा विशेष ध्यान दिनुपर्दछ । साथै अन्य खाना खाँदा खाने कुराहरुले भने चाया पोतो बढाउँदैन ।

चाया पोतो नियन्त्रण चाहिँ कसरी गर्न सकिन्छ त ?
चाया पोतो एकदमै कमको मात्र निर्मूलै पनि हुनसक्छ । तर सामान्यतया निर्मूल नै पार्न त गाह्रो छ । तर यसलाई बिस्तारै बिस्तारै कम भने गर्न सकिन्छ । कुनै मानिसले उपचार गर्दै गएपछि कम हुँदै गयो भने यसलाई मेन्टेनेन्स थेरापी आवश्यक हुन्छ । उपचार गरेर मेन्टेन गरेन भने फेरि पनि आउँछ । यो समस्या दोहोरिइरहन्छ । हामीले चाया निर्मूल नै पार्न नसकेपनि कम गर्न भने सक्छौँ । कोही कोहीको सन्दर्भमा भने उमेर बढ्दै गएपछि आफै कम भएर गएको पनि देखिन्छ । यसलाई कम गर्न के कारणले गर्दा चाया आएको हो, घामले गर्दा हो, लाइटले गर्दा हो, वा अरु कारण हो ? भन्ने निदान गर्नुपर्छ । त्यसपछि छाला सुख्खा हुन नदिने, मोस्चराइजर लगाउनुपर्छ । चाया पोतो बढाउने खालका औषधी खानु हुँदैन । भिटामिन ए, बी, सीभएका खानेकुराहरु खाने ।

यसलाई कम गर्न के कारणले गर्दा चाया आएको हो, घामले गर्दा हो, लाइटले गर्दा हो, वा अरु कारण हो ? भन्ने निदान गर्नुपर्छ । त्यसपछि छाला सुख्खा हुन नदिने, मोस्चराइजर लगाउनुपर्छ । चाया पोतो बढाउने खालका औषधी खानु हुँदैन । भिटामिन ए, बी, सीभएका खानेकुराहरु खाने ।

सनस्क्रिनहरु, भिटामिन ए र बी भएको सनब्लक दिनको तीनदेखि चार पटक लगाउन सकेमा सबैभन्दा राम्रो हुन्छ । सनब्लक किन्दा ‘ग्रोथ स्पीक्रटन’ लेखेको छकी छैन भन्नेमा ध्यान दिनुपर्दछ । आफ्नो छालालाई मिल्ने खालको मात्र प्रयोग गर्नुपर्छ । चाया पोतो भएका मानिसले लगाउने सनब्लक भनेको एपीएफ चाहिँ ३० प्लस चाहिन्छ । ३० देखि ५० सम्मको प्रयोग गर्नुपर्दछ । बजारमा धेरै प्रकारका चायाका औषधीहरु पाइन्छ । तर पसलहरुमा गएर डाक्टरलाई नजचाई यत्तिकै औषधी माग्ने अनि कडा खालको औषधी लगाएर छाला डयामेज गराउने खालको औषधीहरु प्रयोग गर्नेहरु पनि धेरै हुनुहुन्छ । त्यस्तो गर्नु हुँदैन ।

चिकित्सकको सल्लाहमा मात्र औषधी प्रयोग गर्नाले साइडइफेक्ट गर्दैन । डाक्टरहरुले त्यति धेरै साइडइफेक्ट गर्ने औषधी दिँदैन । त्यसैले चेकअप गरेर मात्र औषधी प्रयोग गर्ने गर्नुपर्छ । जुन पायो त्यही औषधी प्रयोग गर्दा केही समयका लागि चाया पोतो गए पनि त्यसले झन् बढी समस्या लिएर आउन सक्छ । अर्को कुरा, चाया पोतो आएकाले औषधी गरिरहेको अवस्थामा चाया पोतो कम भइरहेको छ भने त्यही अवस्थालाई मेन्टेन गर्न एकदम आवश्यक हुन्छ ।

  • छाला रोग विशेषज्ञ डा. श्रेष्ठ मेडिसिटी हस्पिटलमा कार्यरत छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *