एसबीआई बैंकले टाटाका गाडी किन्न कर्जा दिने

काठमाडौँ । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ प्रालिबिच सिप्रदी ट्रेडिङ प्रालिका ग्राहकलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य र सिप्रदी ट्रेडिङ प्रालिका बिक्री तथा प्रबर्द्धन महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका छन् ।

कार्यक्रमा बैंकका प्रमुख कर्जा अधिकृत विनोदकुमार ढुंगेल, सिप्रदीका अन्य उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *