नयाँ टाटा सफारी अब नेपालमा

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारी बिहीबारदेखि नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यस नयाँ टाटा सफारीको शुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ । ७ सिट क्षमताको यस गाडी आरामदायी क्षमता रहेको कम्पनीले जनाएको छ ।

सिप्रदीको नेपालभर रहेका टाटा मोटर्सका शो–रुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

भारतमा ६ महिनाभन्दा पनि कम अवधिमा नै १० हजार वटाभन्दा बढी नयाँ टाटा सफारीको उत्पादन भइसकेकाे जनाएको छ ।

सफारीको नयाँ अवतारमा टाटा मोटर्सले ओएमइजीएआरसी अन्तर्गत इम्प्याक्ट २.० डिजाइन ल्यांग्वेजमा आधारित रही ल्याण्ड रोभरको प्रख्यात डी ८ प्ल्याटफर्ममा निर्माण गरेको हो ।

उत्कृष्ट सुरक्षाको लागि उन्नत इएसपी र बोस मोड जस्ता विशेषताहरु पनि यस ६/७ सिट क्षमताको गाडीमा पाइने कम्पनीले जनाएको छ ।

निलो, सेतो र खरानी रंगमा पाइने यस एसयूभीको एक्सइदेखि एक्सजेटए प्लससम्म ९ वटा मोडेलहरु रहेकाे कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *