एमाले प्रदेश १

संसदीय दलको नेतामा आचार्य चयन

विराटनगर । गत पुस ५ गतेदेखि शुरु भएको सत्ता फेरबदलको राजनीति प्रदेश १ मा पनि आइपुगेको छ। नेकपा एमाले आधिकारिक रुपमा विभाजन भएर नेकपा (एकीकृत समाजवादी) भएसँगै त्यसको असर प्रदेश १ मा पनि देखिएको हो ।

अहिलेसम्म बहुमतमा रहेको नेकपा एमालेभित्रको आन्तरिक कलहका कारण संघीय सरकार ढलेसँगै तात्कालिन एमालेका नेता माधवकुमार नेपालले नेकपा (एकिकृत समाजवादी) दर्ता गरेपछि त्यसको असर प्रदेशको राजनीतिमा परेको हो । त्यसैको असर प्रदेश १ को संसदीय दलको नेतामा लामो समय माधव नेपालको धारमा रहेका भीम आचार्य चयन भएका छन् । उनी आजै मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् ।

यो पनि : शेरधनले दिए राजीनामा

बुहमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् । शपथका लागि एमाले नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

२०७४ माघमा संसदीय दलको नेतामा चुनिएका शेरधन राईले आजै पदबाट राजीनामा दिएपछि संसदीय दलको नेतामा भीम आचार्य चुनिएका हुन् । यस अघि संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा उत्रिए थिए । राईले आचार्यलाई दुई मतान्तरले पराजित गर्दै राई संसदीय दलको नेता निर्वाचित भएर मुख्यमन्त्री बनेका थिए ।

संख्यात्मक रुपमा बलियो भएर पनि दलमा हारेका नेता आचार्य अहिले राईकै जोडबलमा मुख्यमन्त्री बन्दैछन् । आचार्यको रुखो छवि र स्थानीय निर्वाचनको समयमा उम्मेदवारलाई टिकट बाँड्दा पैसा लिएको आरोप लागेपछि उनीविरुद्ध सांसद् तथा नेता आक्रोशित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *