यी हुन् सनाखत नहुने चार एमाले सांसद

काठमाडौँ । नेकपा एमालेका चार सांसद सनाखतका लागि निर्वाचन आयोग नपुगेपछि उनीहरूको सनाखत नभएको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताले जनाएका छन् ।

एमाले सांसदहरू माया ज्ञवाली, सोमप्रसाद पाण्डे, शारदा भट्ट, तुलसा थापा आयोग नपुगेपछि उनीहरूको सनाखत नभएको हो ।

यो पनि : यी हुन् सनाखत नहुने चार एमाले केन्द्रीय सदस्य

आयोगले आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षका नेताहरूलाई सनाखत गर्न बोलाएको थियो ।

नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए । आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन् ।

यो पनि : नयाँ दलमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत (सूचीसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *