यी हुन् सनाखत नहुने चार एमाले केन्द्रीय सदस्य

काठमाडौँ । नेकपा एमालेका चार केन्द्रीय सदस्य सनाखतका लागि निर्वाचन आयोग नपुगेपछि उनीहरूको सनाखत नभएको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताले जनाएका छन् ।

एमाले केन्द्रीय सदस्यहरू नेता विक्रम शाही‚ सोम पाण्डे‚ रामप्रीत पासवान र राजन राई आयोग नपुगेपछि उनीहरूको सनाखत नभएको हो ।

आयोगले आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षका नेताहरूलाई सनाखत गर्न बोलाएको थियो ।

नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए । आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन् ।

यो पनि : नयाँ दलमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत (सूचीसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *