नयाँ दलमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी  पार्टी बनाउने पक्षमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत भएको छ ।

बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका २९ सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षका नेताहरूलाई सनाखत गर्न बोलाएको थियो ।

नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए । आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन् ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *