बजाजको दशैँ अभियान ‘बजाज खुसीको ३ डोज’

काठमाडौँ । विजया दशमीको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको छ ।

बजाजले आफ्ना ग्राहकका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउँदै आइरहेको जनाएको छ । कोभिड-१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरूमाझ खुसी बाड्न आवश्यकताअनुरुपका योजनाहरु ल्याएको बजाजले जनाएको छ ।

विजया दशमीको अवसरमा बजाजले बजारमा ‘बजाज खुसीको ३ डोज’ अभियान ल्याएको हो । ग्राहकहरूले यस अफरअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्नेबेलामा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले बाइक किन्नुभन्दा पहिले दश हजारसम्मको अग्रिम नगद प्राप्त गर्न सक्ने बजाजले जनाएको छ ।

त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरिदको दौरानमा एक लाखसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि दश लाखसम्म्को नगद पुरस्कार प्राप्त गर्न सक्ने बजाजले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *