‘ड्याट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक

काठमाडौँ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाँडवाडको अवसर पारेर नेपाली बजारमा ‘ड्याट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ ।

कार खरिद गर्ने व्यक्तिहरूका लागि चाँडपर्वलाई मध्यनजर गर्दै कम्पनीले नेपालीहरूको महान् चाँड दशैँको अवसरमा यो आकर्षक योजना प्रस्तुत गरेको जनाएको छ ।

यस योजनामा ग्राहकलाई कूल २० लाख ४ हजार १ सय ५२ रुपैयाँ बराबरको विशेष सुविधा‚ १ लाख २५ हजार नगद छुटका साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९ सय ९९ मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गरिनेछ ।

साथै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टि तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको छ । ग्राहकलाई तत्काल फाइनान्स तथा एक्स्चेन्ज सुविधाको व्यवस्था पनि गरिएको छ । यो योजना नेपालभर रहेका ड्याट्सन सोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *