जयसिंह धामीको न्यायका लागि ९ हजार ५ सय हस्ताक्षर

कञ्चनपुर । महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिम प्रदेशमा ९ हजार ५ सय हस्ताक्षर संकलन गरिएको छ । डडेलधुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर संकलन गरिएको जरोकिलो पाटीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताए ।

‘बेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेका हौं’, उनले भने, ‘संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौं ।’ ड्रोन क्यामेराको सहयोगमा खोजी कार्य गरिए पनि धामीलाई फेला पार्न सकिएको छैन । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *