एकताका लागि क्रियाशील ९ एमाले नेताको वक्तव्य : एकता जोगाउन सबैले योगदान गरौँ

काठमाडौं । पार्टी एकताका लागि क्रियाशील ९ एमाले स्थायी कमिटी सदस्यहरुले आ–आफ्नै ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।  शनिबार (आज) संयुक्त वक्तव्य जारी गर्दै ९ नेताले पार्टी एकताका लागि आ–आफ्नै ठाउँबाट जुट्न आह्वान गरेका हुन् । ‘पार्टीको एकतालाई जोगाउँदै राष्ट्रिय राजनीतिमा नेकपा एमाले जिम्मेवारीपूर्ण भूमिकालाई कायम राख्नको लागि पार्टीका सबै तहका नेता/कार्यकर्ताहरु र सदस्यहरुलाई आह्वान गर्दछौँ,’ ९ नेताद्वारा जारी वक्तव्यमा भनिएको छ ।

९ नेताले वक्तव्यमा वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ताको मागसमेत गरेका छन् । यस्तै नेपाल समूहलाई दल दर्ताको प्रक्रिया रोक्नसमेत माग गरेका छन् । ‘अध्यादेश र १४ कमरेडहरुमाथिको कारबाही फिर्ता नै हाम्रो मुख्य माग हो,’ हस्ताक्षरकर्तामध्येका नेता सुरेन्द्र पाण्डेले भने, ‘यहीअनुरुप हामी अगाडि बढ्छौँ ।’

पार्टी एकताको आधार असार २७ गते कार्यदलले बनाएको १० बुँदा नै भएको वक्तव्यमा उल्लेख गरिएको छ । नेपाल समूहले भने शुक्रबार (हिजो) नै नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *