एमाले एकताका लागि-अध्यादेश फिर्ता, १० बुँदाको कार्यान्वयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) एकताका लागि क्रियाशील नेताहरुको बैठकले राजनीतिक दलसम्बन्धीको अध्यादेश सरकारले फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको छ । शुक्रबार (आज) बसुन्धरास्थित एक पार्टी प्यालेसमा बसेको बैठकले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने निष्कर्ष निकालेको हो । ‘हाम्रो बैठकले अध्यादेश फिर्ता हुनुपर्ने निष्कर्ष निकालेको छ,’ बैठकपछि नेता भीम रावलले भने, ‘यसका लागि अब हामी निरन्तर लाग्नेछौँ । सरकारलाई अनुरोध गर्नेछौँ ।’

बैठकले गत असार २७ गते कार्यदलले बनाएको १० बुँदा पार्टीमा अक्षरसः कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । एमाले एकताको आधार १० बुँदा नै भएको ठम्याइँ गर्दै बैठकले पार्टीभित्र कार्यान्वयन गराउनुपर्ने निष्कर्ष निकालेको हो । ‘१० बुँदालाई नै टेकेर एमाले एकता गराउन हामीले पहल गर्नेछौँ,’ रावलले भने, ‘अबको हामी यी दुईवटा कामलाई तीव्रताका साथ गराउनेछौँ । हाम्रो मुख्य दुई माग भनेको अध्यादेश फिर्ता र १० बुँदाको आधारमा एमाले एकता नै हो ।’

यसका लागि केपी शर्मा ओली र माधवकुमार नेपाललाई भेटेरै आग्रह गर्ने पनि नेताहरुले बताएका छन् । नेता गोकर्ण विष्टले भने, ‘हामीले उहाँहरुलाई भेटेरै आग्रह गर्नेछौँ कि मिलौँ भनेर । त्यसपछि अगाडि बढ्नेछौँ ।

सरकारले भर्खरै ल्याएको अध्यादेशले संविधानको मर्मविपरीत काम गरिरहेको पनि बैठकले ठहर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *