बागमती प्रदेश प्रमुखमा शर्मा
२०७८ भदौ ४ गते

काठमाडाैँ । बागमती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सरकारले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गर्दै शर्मालाई नयाँ प्रमुखमा नियुक्त गर्ने सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा संविधानको धारा एक सय ६५ को उपधारा १ को खण्ड ‘ख’अनुसार प्रसाईँलाई पदमुक्त गरी संविधानको धारा एक सय ६३ को उपधारा २ अनुसार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको जनाइएको छ ।
२०७८ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित









