बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस कार्ड सुविधा

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।

‘नियर फिल्ड कम्युनिकेसन (एनएफसी)’मा आधारित उक्त कार्डमा एएफसीयुक्त अर्थात् ट्याप सुविधा भएकाले पिओएस मेसिनहरूमा प्रयोग गरी ग्राहकहरूले भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पिओएस मेसिनमा ट्यापमात्र गरी भुक्तानी गर्न सकिन्छ । हालको कोभिड-१९ जोखिम न्यूनिकरणका लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरूलाई व्यक्तिगत दूरी कायम गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।

हाललाई यो प्रविधिमार्फत् प्रतिकारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सकिने बैंकले बताएको छ ।

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *