विदेशी विनिमय सञ्चिति अझ बढ्ने अनुमान
२०८३ असार २३ गते

काठमाडौं । यस वर्ष विदेशी विनिमय सञ्चिति अझ बढ्ने अनुमान गरेको छ । आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा सो कुरा उल्लेख गरिएको छ ।
आर्थिक गतिविधिसँगै आयात बढ्ने देखिएता पनि विप्रेषण आप्रवाह उच्च रहने र पर्यटनलगायतका सेवा निर्यात विस्तार हुँदा चालु खाता एवम् शोधनान्तर बचतमा रहने छ, जसको कारण विदेशी विनिमय सञ्चिति थप बढ्ने अनुमान गरिएको हो ।
सरकारले बाह्य दबाबका कारण मुद्रास्फीतिमा केही चाप परेको भएपनि क्रमशः सहज हुँदै जाने अपेक्षा गरेको छ ।
हाल विदेशी विनिमय सञ्चितिको स्थिति सुविधाजनक र समष्टिगत आर्थिक परिदृश्य अनुकूल रहेकोले उच्च आर्थिक वृद्धिको लक्ष्यमा सहयोग पुर्याउन न्यून-लागत अर्थतन्त्र कायम राखी निजी क्षेत्रको मनोबल उच्च राख्न यस अघि लिइएको लचिलो कार्यदिशालाई निरन्तरता दिने जनाएको छ ।
२०८३ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








