सुजुकीका १३ कारसँगै आकर्षक याेजना ल्याउने सीजीको तयारी

काठमाडौं । सीजी मोटोकर्पले सुजुकीका विभिन्न १३ प्रकारकार कारसँगै आफ्ना ग्राहकका लागि आकर्षक योजना ल्याउने तयारी गरिरहेको छ । सुजुकी कारका लागि नेपालको आधिकारीक वितरक चौधरी ग्रुपअन्तर्गतको सीजी मोटोकर्पले आकर्षक ‘स्किम’सहितका योजना ल्याउने तयारी गरिरहेको जनाएकाे हाे ।

‘सीजीले अहिले सुजुकीका १२ किसिमका कार बिक्री गरिरहेको छ,’ कम्पनीका मार्केटिङ प्रमुख करुण शाक्यले भने, ‘केही दिनमै हामी प्यासेन्जर सेग्मेन्टमा नयाँ कार बजारमा सार्जजनिक गर्दै छौं । योसँगै कुल १३ किसिमका कारसहित हामी हिउँद तथा चाडपर्व लक्षित स्किम ल्याउने तयारी गरिरहेका छौं ।’

यी बाहेक यसमा नगद छुट, एक्सचेन्ज, फाइनान्सिङ, डाउन पेइमेन्टको सीमा कमसँगै अनेक उपहार योजनाहरु पनि हरने छन् । यसले गर्दा विभिन्न स्किम तथा योजनाअन्तर्गत कार खरिद गर्दा ग्राहक तथा उपभोक्ताका लागि ठूलो लाभ प्राप्त हुने उनले बताए ।

‘मुख्य चाडपर्वअघि विगतमा नाडा अटो शो हुने गथ्र्यो,’ उनले भने, ‘उक्त अटो शोले छुट्टै चहलपहल हुन्थ्यो । धेरै ग्राहकले शोकै अवसरमा गाडीहरुको बुकिङ समेत गर्नुहुन्थ्यो । तर, गत वर्षदेखि अटो शो गर्ने अवस्था नै छैन । अटो शो नभए पनि ग्राहकले त्यही स्तरको सुविधा पाउने गरी हामीले विभिन्न स्किमहरु त ल्याउने नै छौं ।’

नेपालको बजारमा युटिलिटी भेइकल सेग्मेन्ट(युभी) गाडीलाई निकै रुचाइएको उनको अनुभव छ ।

‘युभी सेगमेन्टमा पनि सुजुकीको भिटारा ब्रिजा असाध्यै रुचइएको गाडी हो,’ उनले भने, ‘यो सबैभन्दा बढी बिक्री भएका गाडी मध्येको एक हो । त्यस्तै, स्वीफ्ट, वागनर, एसप्रेसो जस्ता कार निकै रुचाइएका कार छन् ।’

सीजीले यीबाहेक बलेनो, सियाज, एसक्रस, अर्टिगा, एसएल–६, इग्निस, इको, इको कार्गो, डिजायर जस्ता कारको बिक्री गरिरहेको छ ।

‘भ्यान तथा ट्याक्सी सेग्मेन्टमा नेपाली बजारमा सुजुकीको पहिलो र राम्रो उपस्थिति छ,’ उनले भने, ‘अहिले हामीले अल्टो कारको बिक्री बन्द गरेका छौं तर सेकेन्ड ह्यान्ड बजारमा समेत यो गाडीको बिक्री उच्च देखिएको छ ।’

पहिलो चरणको लकडाउनले ५० प्रतिशतले घटेको सवारी बजार गत वर्षको दशैंयता केही लयमा फर्किएको भए पनि कोभिडको नयाँ संक्रमणले फेरि प्रभाव पारेको उनले बताए । मानिसले सवारी खरिद गर्न चाहेर पनि अवस्थाका कारण किन्ने निर्णय गर्न नसकिरहेको उनको बुझाइ छ । यद्पी संक्रमणका कारण सार्वजनिक यात्रा असुरक्षित मानिएकाे अवस्थामा निजी सवारीकाे खरिद बाध्यतावश भइरहेकाे उनकाे भनाइ छ ।

व्यक्तिगत रुपमा खरिद गरिदने सवारीमा पनि डाउनपेन्टको सीमा कम गरे बजार पुन बढ्ने उनलको भनाइ छ ।

‘संस्थागत रुपमा सवारी खरिद गर्दा २० प्रतिशतसम्म डाउन पेइमेन्टमा गाडी बिक्री गरिन्छ तर व्यक्तिले किन्दा हामी ५० प्रतिशत डाउन पेइमेन्टको सीमालाई घटाउन सकिरहेका छैनौं,’ उनले भने, ‘गाडी किन्नका लागि मानिससँग पूरै नगद नहुन सक्छ हामीले यो विषयलाई ध्यान दिने छौं ।’

३० वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा काम गर्दै आएको सीजी मोटोकर्पले जापानको सुजुकी मोटर्स कर्पोरेशन र भारतको मारुती सुजुकी इन्डिया लिमिटेडको नेपालका लागि सोल डिस्ट्रिब्युटरका रुपमा ग्राहकलाई सुजुकी र मारुती सुजुकीका गाडीहरु उपलब्ध गराउँदै आएकोसमेत उनले बताए ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *