कारबाहीका लागि दबाब दिन एमाले नेताले भेटे सभामुखलाई

काठमाडौं । माधवकुमार नेपालसहितका १४ जना सांसदलाई गरिएको कारबाहीबारे बुझ्न एमालेका नेताहरुले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेताहरुले सभामुख सापकोटा कारबाहीका लागि दबाब दिन पनि सभामुखलाई भेटेका हुन् । भेटेर ‘किन कारबाही भएन ?’ भनेर सोधेको सचेतक भट्टराईले बताए ।

अहिले एमाले नेता र सभामुख सापकोटाबीच बातचीत भइरहेको सचेतक भट्टराईले मकालुखबरलाई बताए । ‘अहिले कुराकानी भइरहेको छ,’ सचेतक भट्टराईले भने, ‘हामीले किन कारबाही भएन भनेर जिज्ञासा राखेका छौँ ।’

यसअघि बसेको एमालेको स्थायी कमिटी बैठकले नेता नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेको थियो । उक्त कारबाहीबारे सभामुखले संसद्मा जानकारी दिने वा सूचना टाँस गरी जानकारी गराउनुपर्दछ । तर, सभामुख सापकोटाले त्यसो गरिसकेका छैनन् ।

यसअघि बुधबार नै नेपाल समूहले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिइसकेको छ । त्यसमा आयोगले प्रक्रिया पूरा गरेर दर्ता गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *