एमाले समाजवादीमा अनुमतिबिना नाम राखिएको भन्दै नेता जोशीको आपत्ति

धनगढी । नेकपा एमाले समाजवादीको केन्द्रीय सदस्यमा आफ्नो नाम राखिएपछि यसअघि माधव पक्षमै रहेका भानुभक्त जोशीले आपत्ति जनाएका छन् । एमाले समाजवादीको केन्द्रीय सदस्यमा उनको नाम राखेर निर्वाचन आयोगमा पेश गरेको दस्तावेज बाहिरिएपछि उनले आपत्ति जनाएका हुन् ।

बुधवार साँझ सामाजिक संजालमार्फत जोशीले आफू एमाले एकताको पक्षमा रहेको र सहमति नलिई नेकपा एमाले समाजवादीको केन्द्रीय सदस्यमा नाम राखिएको जनाएका छन् । जोशीले आफ्नो जिल्ला, प्रदेश र शुभेच्छुकहरुको सल्लाहअनुसार अघि बढ्ने प्रष्ट पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *