एमाले (समाजवादी)मा सुदूरपश्चिमबाट सात केन्द्रीय सदस्य

धनगढी । नेकपा एमालेबाट विभाजन भएर गठन भएको एमाले (समाजवादी)मा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय समितिमा सात जना परेका छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको सूचीमा सुदूरपश्चिममा सात जनाको हस्ताक्षर छ ।

नेपाल समूहले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित आयोगमा निवेदन दिएका छन् । सुदूरपश्चिमबाट मदनकुमारी शाह (गरिमा), निरादेवी जैरु, प्रेमबहादुर आले, भानुभक्त जैसी, उर्वादत्त पन्त, माया भट्ट र पूर्णा जोशी केन्द्रीय समितिमा छन् ।

नेपाल समूहमै रहेका भीम रावलले अन्तिम समयमा नेपाललाई साथ दिएनन् । माधव समूहलाई छाडेर पार्टी एकताका लागि सक्रिय रहेका उनी ओली पक्षमा पनि खुलेर लागेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *