नयाँ दल आजै दर्ता गर्छौं : खतिवडा

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ता गर्ने तयारी तीव्र पारेको छ ।

सरकारले दल विभाजनका लागि सजिलो बनाउने गरी नयाँ अध्यादेश ल्याएपछि नेपाल पक्ष नयाँ दलकाे नाम र चुनाव चिह्नसमेत तय गरेर नयाँ दल दर्ता गर्न तयारी अवस्थामा रहेकाे नेपाल पक्षका नेताहरूले  दाबी गरेका छन् ।

नेता विरोध खतिवडाले आजै नयाँ दल दर्ता गर्ने बताए । मकालुखबरसँग नेता खतिवडाले भने‚ ‘ओली सबै हिसाबले अवैधानिक भए, नयाँ दल दर्ता गर्नुपर्ने अवस्था आयो । दर्ताको सम्पूर्ण तयारी पूरा हुने क्रममा छ । आजै दर्ता गर्छौँ ।’

नयाँ दलकाे नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राख्ने तय भएकाे पनि उनले दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =