पदमुक्त नगर्न माग गर्दै नेपालसहित १४ सांसद पुगे संसद सचिवालय

काठमाडौँ । नेकपा एमालेले गरेको कारबाही कार्यान्वयन नगर्न भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदले संसद सचिवालयमा पत्र बुझाएका छन् ।

आफूहरूलाई गरिएको कारबाही अवैधानिक रहेको भन्दै त्यसको कार्यान्वयन नगर्न माग गर्दै नेपालसहित १४ सांसदले हस्ताक्षर गरी संसद सचिवालयमा पत्र बुझाएका हुन् ।

प्रतिशोधका आधारमा अवैधानिक रूपमा आफूहरूमाथि कारबाही गरिएको कारबाही कार्यान्वयन नगर्न भन्दै १४ सांसदद्वारा हस्ताक्षरित पत्र उनीहरूले संसद सचिवालयमा बुझाएका हुन् ।

एमालेले कारबाही गरेका सांसदहरूमा माधवकुमार नेपाल‚ मुकुन्द न्यौपाने‚ जीवनराम श्रेष्ठ‚ रामकुमारी झाँक्री‚ कल्याणी खड्का‚ लक्ष्मीकुमारी चौधरी‚ निरादेवी जैरु‚ पुष्पाकुमारी कर्ण‚ सरला यादव‚ कलिला खातुन‚ विरोध खतिवडा‚ कृष्णलाल महर्जन‚ भवानी खापुङ र मेटमणी चौधरी रहेका छन् ।

एमालेले पार्टीको ह्वीप उल्लंघन गरेको र अनुशासनविपरीत काम गरेको भन्दै नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्काशन एवं सांसद पदमुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 19 =