प्रतिगमन परास्त भयो भनेर ढुक्क नबसौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनकारी प्रवृतिलाई प्ररास्त गर्न विद्रोह गर्नुपरेको बताएका छन् । बुधबार (आज) रामबृक्ष यादवको २७औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

कम्युनिष्ट आन्दोलनभित्र देखा परेको तानाशाही, निरंकुश, व्यक्तिवादी र आत्मसर्पणवादी प्रवृतिप्रति विद्रोह गर्नुपरेको अध्यक्ष प्रचण्डको भनाइ थियोे । कम्युनिष्टमा देखापरेको व्यक्तिवादी प्रवृतिलाई रोक्न आफूहरुले निर्मम रुपमा विद्रोह गरेको र सफल भएको उनले बताए । ‘प्रतिगमन अहिलेलाई परास्त भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘र, संविधान तथा राष्ट्रियतालाई रक्षा गर्ने प्रवृत्तिको विजय भएको छ । यो सुखद् हो ।’

यस्तै अध्यक्ष प्रचण्डले समाजवादको बाटोमा अघि बढ्न लामो आन्दोलन आवश्यक पर्ने जिकिर गरे । पार्टीलाई सशक्त बनाउनका लागि तल्लो तहदेखि नै साथ दिनुपर्ने धारणा व्यक्त गरेका प्रचण्डले थपे, ‘तर, प्रतिगमन परास्त गरियो भन्दैमा ढुक्कै बस्ने स्थिति छैन ।’

अध्यक्ष प्रचण्डले मुलुकको परिवर्तनका लागि शहीद, घाइते, अपाङ्हरुलाई कहिल्यै नबिर्सने स्पष्ट पारे । उनले कम्युनिष्टलाई एकताबद्ध पार्न सदैव लागिपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *