बिचौलियाको आरोपमा तीनजना पक्राउ

जनकपुरधाम । बिचौलियाको काम गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-४ का ३६ वर्षीय गुडु पूर्वे, वडा नम्बर १० का ५० वर्षीय विजयकुमार साह र वडा नम्बर १ का ३५ वर्षीय विजय मण्डल रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषा पुग्ने सेवाग्राहीलाई छिटो र छरितो काम गराइदिने भन्दै रकम माग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fifteen =