मालिका सहकारीको नाफा ९५ प्रतिशत वृद्धि

काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा उल्लेख्य प्रगति गरेको छ ।

संस्थाले सो अवधिमा सेयर पुँजी ५ प्रतिशतले वृद्धि गरी १० करोेड ४० लाख रुपैयाँ पुर्याएको संस्थाले जनाएको छ । बचत संकलन ३५ प्रतिशतले वद्धि गरी ५६ करोड रुपैयाँ पुगेको अध्यक्ष जनक धामीले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा संस्थाको ऋण लगानी ३० प्रतिशतले वृद्धि भएको बताइएको छ ।

संस्थाको वासलत ७५ करोड रुपैयाँ छ । आउने आर्थिक वर्षमा वासलत १ अर्ब पुर्याउने संस्थाको लक्ष्य रहेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा नाफामा समेत ९५ प्रतिशतले वृद्धि गरेको छ ।

कोरोना महामारीको समयमा समेत संस्थाले नाफा र अन्य वित्तीय विवरणमा उल्लेख्य सुधार गर्न सफल भएको अध्यक्ष धामीले जानकारी दिए । संस्थामा जगेडा तथा अन्य कोष २ करोडभन्दा बढीको छ

काठमाडौंको कुलेश्वरमा प्रधान कार्यालय रहेको सहकारीको सेवा केन्द्रहरु काठमाडौंको सुन्धारा र मैतीदेवीमा रहेको छ । सहकारीमा २५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यक्रमहरुसमेत गर्दै आइरहेको छ । नाफाको ३ देखि ५ प्रतिशत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सामाजिक क्षेत्रमा खर्च गर्दै आइरहेको सहकारीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *