हिमालयन बैंक र डाइनर्स क्लबबीच सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र डाइनर्स क्लब अन्तराष्ट्रिय, डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजबीच क्रेडिट कार्ड जारी तथा स्वीकार गर्ने सम्झौता भएको छ ।

हिमालयन बैंक  लिमिटेड र डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तराष्ट्रियबीच नेपालमा बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्वीकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा हस्ताक्षर भएपश्चात् बैंकले डाइनर्स क्लब कार्ड चाँडै नै आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्ने जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले हिमालयन बैंकले डाइनर्स क्लब अन्तर्राष्ट्रिय आफ्नो क्रेडिट कार्ड जारी तथा स्वीकार गर्ने संजालमा सामेल गर्न पाउँदा खुसी व्यक्त गरे ।

उनले चाँडै नै डाइनर्स क्लब अन्तर्राष्ट्रिय कार्ड आफ्ना कार्ड संजालमा सामेल हुने हुँदा बैंकले निकट भविष्यमै आफ्ना मर्चेन्टलाई बढीभन्दा बढी प्रसिद्ध अन्तर्राष्ट्रिय कार्डहरू स्वीकार गर्ने क्षमता प्रदान गरेको जानकारी दिए ।

बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १४६ एटीएम तथा ५००० भन्दा बढी पस टर्मिनलहरूमा स्वीकार गराउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *