नेपाल पक्षको बैठकमा ओ‌लीपक्षका चार सांसद

काठमाडौँ । एमाले नेता माधवकुमार नेपाल पक्षको बैठक सिंहदरबारमा जारी छ । बैठकमा सहभागी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल केहीबेर अघि बाहिरिएका छन् । नेपाल पक्षको बैठकमा केहीबेर अघि अध्यक्ष केपी शर्मा ओली पक्षका चारजना सांसद पनि गएका छन् ।

नेता नेपाल बैठकबाट बाहिरिएलगत्तै ओली  पक्षका सांसदहरू कृष्णप्रसाद दाहाल, सूर्य पाठक, गणेश पहाडी र नवराज सिलवाल बैठक कक्षमा प्रवेश गरेका हुन् ।

उनीहरूले अहिले नेपाल पक्षका तेस्रो तहका नेताहरूसँग छलफल गरिरहेका छन् । सांसदले नेपाल पक्षका सांसद तथा नेताहरूलाई पार्टी विभाजनको पक्षमा नउभिन कन्भिन्स गराइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =