गिरीबन्धु टी-स्टेट जग्गा सट्टापट्टाको स्वीकृति कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं ।  संसदीय समितिले झापाको गिरीबन्धु टी-स्टेट जग्गा सट्टापट्टाको स्वीकृतिको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबार बसेको बैठकले सरकारले दिएको स्वीकृति तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।
यसअघिको सरकारले झापामा रहेकाे गिरीबन्धु टी-स्टेटको जग्गा अर्को ठाउँमा जग्गा खरिद गरी चिया बगान बनाउने शर्तमा बिक्री गर्न दिने निर्णय गरेको थियो । संसदीय समितले त्यो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *