सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत १० लाख प्रदान 

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० रुपैयाँ लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।

बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँ दुर्घटना बीमा रकम प्रदान गरिएको बैंकले जनाएको छ ।

बीमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्रलाल श्रेष्ठले प्रदान गरेका हुन् । मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँ सम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार रुपैयाँसम्मको स्वास्थ बीमा र ५ हजार रुपैयाँसम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *