साझाका पेट्रोल पम्पमा एभरेष्ट बैंकको क्यूआर कोड

काठमाडौँ । साझा यातायातको पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको भुक्तानी क्यूआर कोडबाट गर्न सकिने भएको छ ।

एभरेष्ट बैंक लिमिटेडले साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेका पेट्रोलपम्पमा क्यूआर कोड जडान गरेसँगै भुक्तानी गर्न सकिने भएको बैंकले जनाएको छ ।

सो सेवाको शुभारम्भ एभरेष्ट बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले संयुक्त रुपमा गरेका हुन् ।

साझाका पेट्रोलपम्पबाट पेट्रोलियम पदार्थ किनेपछि बैंकको क्यूआर कोडबाट भुक्तानी गर्दा रियल टाइममा नै साझाको पुल्चोकस्थित शाखामा रकम जम्मा हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

बैंकमा हालसम्म १०४ शाखा, १३६ एटीएमबाट ११ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *