सिभिल बैंकले ल्यायाे वरिष्ठ बचत खाता, सर्वाधिक ब्याजदर

काठमाडौं । सिभिल बैंकले वरिष्ठ बचत खाता जसमा बैंकले सदैव सर्वाधिक ब्याजदर उपलब्ध गराउने छ ।

बैंकले ५८ वर्ष भन्दा माथिकाले न्यूनतम मौज्दात १० हजार रुपैयाँ राखी खोल्न सकिने यस वचत खातामा वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिने र ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिने बैंकले जनाएको छ ।

यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।

सिभिल बैंकले वरिष्ठ वचत खातामा सदैव सर्वाधिक ब्याजदर प्रदान गर्नै जनाएको छ । साथै विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने बैैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले वताए।

निक्षेपतर्फ रु. ९१.६७ अर्ब र कर्जा तर्फ रु. ८५.१४ अर्ब पुर्याउन सफल भएको सिभिल बैंकले निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.०५ प्रतिशतमा सिमित गर्न सफल भएको छ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *