महालक्ष्मी विकास बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउने भएका छन् ।

बैंक र अस्पतालबीच भएकाे सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकले नि:शुल्क एम्बुलेन्स सेवा, बेड चार्ज, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट पाउने भएका छन् ।

साथै जेनरल बेड चार्ज रक्याबिन, इन्भेस्टिगेशन, ल्याब,एक्सरे,इसीजी, पीएफटी, टीएमटीलगायतमा १५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय विक्रम मल्ल ठकुरी र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *