कामना बैंकको पुननिर्मित डुम्रे शाखा सञ्चालनमा

काठमाडौं । कामना सेवा विकास बैंकको डुम्रे शाखा कार्यालयको उद्घाटन गरेको छ ।

तनहुँ जिल्ला वन्दीपुर गाउँपालिका वडा नं.१ डुम्रे स्थित शाखा कार्यालय ग्राहकको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण गरी पुन: उद्घाटन गरेको हो ।

पुननिर्मित शाखाको उद्घाटन बैंकका सञ्चालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफले र बलराम बराललेसंयुक्त रुपमा गरेका थिए ।

सोसल मिडीया बैकिङ, इन्टरनेट बैकिङ, मोवाइल बैकिङ, एसएमेस बैकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७२ वटा : मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *