माओवादी बैठक आजै सकिने, स्थायी कमिटी बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज सकिँदैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार शनिबार (हिजो) देखि बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा जारी बैठक आजै सकिनेछ । ‘अध्यक्ष कमरेडले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावबारे ८ वटा समूहको कुरा सकिसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यसपछि आजै बैठक सकिँदैछ । अहिलेसम्मको बुझाइअनुसार बैठक आजै टुङ्गिनेछ ।’

यसपछि स्थायी कमिटी बैठक बस्ने र बैठकले नेताहरुको सुझाव तथा जिज्ञासाबाट साझा धारणा बनाउने प्रवक्ता श्रेष्ठले बताए । ‘स्थायी कमिटी बैठकले ८ समूहका कमरेडहरुले दिनुभएका सुझावबारे छलफल गर्छ र एउटा पार्टीको साझा धारणा प्रस्तुत गर्छ,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

जारी केन्द्रीय कमिटी बैठकको पहिलो दिन (हिजो) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठानिक प्रतिवेदनसँगै विधान संशोधन प्रस्ताव पेश गरेका थिए । अध्यक्ष प्रचण्डको उक्त प्रतिवेदनमाथि नेताहरुले छलफल गरिसकेका छन् । प्रतिवेदनमा आउँदो पुस ११ देखि १३ गतेसम्म पार्टीको महाधिवेशन गर्ने प्रस्ताव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *