मेगा बैंकका ५ वटा नयाँ शाखा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका- १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका- ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका- ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका- ६ सौराहामा र कास्की जिल्लाको पोखरा महानगरपालिका- ६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो ।

यी शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।

मेगा बैंकले यो एक महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ । अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरू रहेका छन् भने थप ४ वटा शाखाहरू सञ्चालनमा आउने तयारीमा रहेका छन् ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले गुणस्तरीय र छिटो छरितो सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =