नेपाली विश्व कीर्तिमानी टिम सम्मानित

काठमाडौं । हिमाल एफ एम ९०.२ मेगाहर्जले एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली विश्व कीर्तिमानी टिमलाई सम्मान गरेको छ । एफएमले पहिलो पटक कीर्तिमानी टिमलाई ‘हिमाल साहसिक कला सम्मान २०७८’ द्वारा सम्मान गरेको हो ।

राईको ब्राण्डले प्रायोजन गरेको उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झा, विशिष्ट अतिथि रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमला थिए कार्यक्रम माल एफएमका अध्यक्ष निमा शेर्पाको सभापतित्व भएको थियो। प्रमुख अतिथि, विशिष्ट अतिथि र सभापतिले एकसाथ १७ जना कीर्तिमाननी टिमलाई सम्मान गरेको थियो ।

गत साल सोलुखुम्बु जिल्लाको हिमाली भेग गोक्योमा पहिलो पटक नेपाली कलाकार टोलीले ४८१३ मिटरको उचाईमा ‘गोक्यो रि’ नामक गीत लाइभ बाजासहित अडियो रेकर्ड तथा भिडियो छायांकन गरेर गिनिज बुकमा नाम लेखाएका थिए । उक्त सम्मान कार्यक्रमका बिच गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र समेत विशिष्ट अतिथि ऋषि धमलाद्वारा हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 7 =