मुसा मार्ने ठेक्का !

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले मुसा, उडुस, उपियाँ, साङला आदि नियणन्त्रणका लागि टेण्डर आह्वान गरेको छ । अस्पतालले आफ्ना विभाग, शाखा, वार्ड, ओपडी, युनिटलगायत अस्पताल परिसरभित्र भएका मुसा, उडुस, उपियाँ, साङला नियन्त्रणमा लिनका लागि आह्वान गरेको हो ।

अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै, मुसा, उडुस उपियाँ मार्नका लागि सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरुको पनि माग गरेको छ । साथै उडुस, उपियाँ मार्नका लागि मासिक कति रुपैयाँ लिने कुरा खुलाई गोप्य रुपमा सिलबन्दी पेस गर्न अस्पतालले टेण्डर आह्वान गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seventeen =