एनआईसी एशियाको नाफा बढ्यो

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार असार मसान्तसम्ममा बैंकले ३ अर्ब २५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.३४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३५.०४ प्रतिशत घटेको छ ।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ८.२१ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ११ करोड ३७ लाख रुपैयाँबाट बढेर १९ करोड ३४ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ रहेको छ । खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ ।

समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ७७ पैसा घटेर २८ रुपैयाँ ११ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३५।३६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *