कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । कांग्रेसका आमन्त्रिक केन्द्रीय सदस्य कुमार खड्काकाअनुसार २२ जनाले सामूहिक राजीनामाको घोषणा गरेका हुन् । ‘२२ जना साथीले एउटा पत्र बुझाउनुभएको छ,’ खड्काले मकालुखबरसँग भने, ‘सबैले हस्ताक्षर चाहिँ गर्नुभएको छैन । तर, पत्रमार्फत २२ जनाले घोषणा गरेको भनेर उल्लेख गरिएको हो ।

कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधिसरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामाको घोषणा गरेको खड्काले जानकारी दिएका छन् । ‘उहाँहरुले पहिल्यैदेखि असन्तुष्ट हुनुहुन्थ्यो,’ खड्काले भने, ‘आज ४ बजेतिर उहाँले राजीनामा घोषणा गरेको भन्दै पत्र बुझाउनुभएको छ ।’

कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । उक्त व्यवस्था हटाउनपर्ने उनीहरुको माग छ ।

क-कसले गरे राजीनामाको घोषणा ?

१. नन्दनकुमार दत्त (सुनसरी)
२. कुमार खड्का (कास्की)
३. बालकृष्ण पाण्डेय (नेजस भारत)
४. आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)
५. नरेन्द्रकुमार चौधरी (सुनसरी)
६. हसन अन्सारी (मोरङ)
७. किरणराज शर्मा पौडेल (बाग्लुङ)
८. रमा कोइराला पौडेल (सुनसरी)
९. कृष्णकिशोर घिमिरे (दाङ)
१०. गोपालकुमार बस्नेत (झापा)
११. सुधीरकुमार शिवाकोटी (झापा)
१२. मनोहरनारायण श्रेष्ठ (धनकुटा)
१३. ध्रुव वाग्ले (तनहुँ)
१४. मोहनसिंह राठौर (कैलाली)
१५. शम्भुलाल श्रेष्ठ (सर्लाही)
१६.अभिषेख प्रताप शाह (कपिलवस्तु)
१७. दयाराम पाण्डे (लम्जुङ)
१८.जनकराज कलौनी (डडेल्धुरा)
१९. भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)
२०.दिलीप राई
२१.आशाराम चौधरी
२२.राजेन्द्रबहादुर सिंह

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *