बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाईग्नोस्टीकमा विशेष छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई सम्यक डाईग्नोस्टीक प्रालिमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंक अफ काठमाण्डू लिमिटेड र सम्यक डाईग्नोस्टीकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोडको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौतापछि ग्राहकहरूले सम्यक डाईग्नोस्टीकले प्रदान गर्ने प्याथोलिजीसम्बन्धी स्वास्थ्य सेवाहरू उपभोग गरेबापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

सम्यक डाईग्नोस्टीकले काठमाडौँ उपत्यकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *