पौडेल पक्षका जिल्ला सभापतिको भेला शुरु

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला शुरु भएको छ । काठमाडौंको ठमेलस्थित होटल यात्रीमा जिल्ला सभापतिहरुको भेला शुरु भएको नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले मकालुखबरलाई जानकारी दिए । भेलामा ३५ जिल्लाका सभापति स–शरीर उपस्थित छन् भने १२ जिल्लाका सभापति भर्च्यूअल माध्यममार्फत् जोडिएका छन् ।

मंगलबारसम्म चल्ने भेलामा पार्टीको १४ औँ महाधिवेशन, पार्टीको भावी नीति, नेतृत्व चयन र कोभिड–१९ महामारी नियन्त्रण लगायत विषयमा छलफल गर्ने जनाइएको छ । पार्टीको विधान र संविधानको व्यवस्थाबमोजिम समेतको गरी साढे पाँच वर्षको अवधिमा समेत पार्टीको महाधिवेशन हुन नसक्ने अवस्था सिर्जना भएपछि जिल्ला सभापतिहरुले सामुहिक धारणा राख्न भेला भएका हुन् ।

भेलाले महाधिवेशनको सुनिश्चितता गर्दै पार्टीको लामो लोकतान्त्रिक इतिहासको कदर गर्दै वैधानिकता बचाउनेतर्फ केन्द्रीत हुन नेतृत्वलाई दबाब दिने केसीले जानकारी दिए । कांग्रेसको वैधानिक आयु भदौको २३ गते सकिँदैन । तर, १६–१९ का लागि तोकिएको महाधिवेशन नहुने निश्चित भइसक्दा पनि अर्को कार्यतालिका सार्वजनिक भएको छैन ।

महाधिवेशनका लागि मतदाता अर्थात् क्रियाशील सदस्यताको समेत टुंगो लागेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *