अस्ट्राजेनेका खोप लगाइँदै, काठमाडौंमा १४४ वटा केन्द्र

काठमाडौं । आजदेखि जेष्ठ नागरिकलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइँदैछ । जेष्ठ नागरिकले दोस्रो डोजको रुपमा अस्ट्राजेनेका खोप पाउनेछन् । गत चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिक र अन्य १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप अस्ट्राजेनेका लगाउन लागिएको हो ।

गत चैतमा अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो । दोस्रो डोज १२ सातामा लगाउनुपर्ने भएपनि भारतले खरिद गरेको खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाइ भएको थियो ।

दोस्रो डोज लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरिएको छ । मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनका खोप दिने भएको छ ।

काठमाडौंमा मात्रै १४४ वटा खोप केन्द्र तोकिएको छ । यसअघि भेरोसेल खोपको दोस्रो डोज लगाउँदा कायम भएका खोप केन्द्रमा आजदेखि अस्ट्राजेनेका खोप लगाउन लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *